नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन घोषणा गरेका छन्।
पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको '१५ औं महाधिवेशन तयारी समिति'को बिहीबार चुनदेवीमा बसेको बैठकले छुट्टै महाधिवेशन कार्यतालिका घोषणा गरेका हुन्।
नेपाली कांग्रेस (संस्थापन) ले भदौ २४ गते गाउँ-नगर वडा अधिवेशन गर्दैछन् भने विभिन्न तहगत अधिवेशन गरी असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।
तर निवर्तमान सभापति देउवा पक्ष यो महाधिवेशनमा सहभागी नहुने भएको छ।
देउवा पक्षले असोज १५ मा वडा अधिवेशन र तहगत अधिवेशन गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने भएका हुन्।
चुनदेवी बैठकले केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालालाई निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरू गठनको अधिकारसमेत दिएको छ।
नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाका तदर्थ समिति गठनको अधिकारसमेत कोइरालालाई दिइएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गर्ने निर्णय पनि भएको छ। त्यसका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ।
असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्य वितरण गरिसक्ने योजना छ। १४ औं महाधिवेशनमा भाग लिएका र गत पुस १० गतेभित्र क्रियाशील फारम भरेकालाई क्रियाशील सदस्यता दिने निर्णय भएको हो।
यस्तो छ निर्णय-

