राप्रपा केन्द्रीय अनुशासन समितिले बागमती प्रदेशका ३ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।
अनुशासन समितिले सांसदहरूलाई ७२ घन्टे स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पत्र भदौ १९ गते सांसदहरूलाई पठाइएको थियो।
सांसद मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङलाई स्पष्टीकरण सोधिएको अनुशासन समितिले जनाएको छ।
उनीहरूले पार्टी केन्द्रको निर्देशनविपरीत बागमती मुख्यमन्त्री नेकपा एमालेका किरण थापा मगरलाई विश्वास मत दिएका थिए।
उनीहरूलाई प्रदेश सभा सदस्यबाट पदमुक्त र पार्टी साधारण सदस्यताबाट निलम्बन किन नगर्ने भनेर अनुशासन समितिले स्पष्टीकरण सोधेको हो।