भोटेकोशी-त्रिशूली बाढीमा आमा-बुवा गुमाएका २० जना विद्यार्थीलाई नेपाल तरूण दलले नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने भएको छ।
कांग्रेस भ्रातृ संस्था तरूण दलले २० विद्यार्थीलाई उच्च शिक्षासम्म नि:शुल्क व्यवस्थापन मिलाउने भएको नेता अजित तिवारीले जानकारी दिए।
साथै तरूण दलका अध्यक्ष मनिष कोइरालासहितले स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा रहेको होल्डिङ सेन्टरमा १०० वटा परिवारलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएका छन्।