राष्ट्रपति रामचन्द्र पौडेल नुवाकोटको विदुर पुगेका छन्।
राष्ट्रपति पौडेल भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा सोमबार श्री नं १ सैन्य तालिम केन्द्र, विदुर नुवाकोट पुगेका हुन्।
उनले जिल्लास्थित सुरक्षा निकाय एवं यहाँको सरोकारवालाहरूसँग वर्तमान अवस्थाका बारेमा जानकारी लिएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन लगायतका विषयमा राष्ट्रपतिले जानकारी लिएका हुन्।
राष्ट्रपतिले प्रभावित क्षेत्र र होल्डिङ सेन्टरको अवलोकन गर्दै त्यहाँ रहेका बाढी प्रभावितहरूसँग कुराकानी पनि गरेका छन्।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।
तस्बिरहरू-






