राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले आज अपराह्न साढे ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन्।
भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रको अवस्था अवलोकन गरेर फर्केका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
भदौ १० मा भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।
यसअघि प्रधानमन्त्री बालेन शाहले गत भदौ १७ गते प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै बाढीपछि उद्धार, राहतलगायत विषयमा जानकारी गराएका थिए।