प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
कांग्रेसले यो रकम भदौ १० को भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि उपलब्ध गराएको हो। कांग्रेसले पार्टीका नेता कार्यकर्ताहरूबाट सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थ मन्त्रालयमा पुगेर कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए।
पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालीसे, राष्ट्रिय सभा दल नेता कमला पन्त, प्रमुख सचेतक बासना थापालगायत नेताहरू अर्थ मन्त्रालय पुगेका थिए।