राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिमा पूजा अर्चना गरेका छन्।
देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना भएको उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका हुन्।
उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।