सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले जलवायु न्यायका लागि नेपालले दरिलोसँग पैरवी गर्नुपर्ने बताएकी छिन्।
प्रतिनिधि सभाको बैठकमा उनले नेपाललाई नखाएको बिष लागेको टिप्पणी गरेकी हुन्।
'भदौ १० गतेको भोटेकोशी बाढीले अकल्पनीय जनधनको क्षति बेहोर्नुपर्यो', दर्शनाले भनिन्, 'यसलाई अन्तर्राष्ट्रिय जगतमा धेरै भन्दा धेरै कुरा उठाउनुपर्छ। जलवायु न्याय सानोतिनो कुरा होइन। बलियोसँग पैरवी गर्नुपर्छ।'
उनले जनधनको क्षतिसँगै उद्योगी र व्यवसायी पनि चिन्तित रहेको उल्लेख गर्दै सरकारले फराकिलो हृदय बनाएर प्याकेज ल्याउन आग्रह गरिन्।