प्रहरीले घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएको छ।
'उहाँले उपयुक्त ठानेको ठाउँमा हामीले लगेका छौं,' एसएसपी सन्तोष खड्काले सेतोपाटीसँग भने, 'सुरक्षा पनि बढाएका छौं।'
प्रहरीले आइतबार बिहान ३ बजे उनलाई महाराजगञ्ज स्थित निवासबाटै नियन्त्रणमा लिएको थियो। लगत्तै प्रहरीले उनलाई टेकु स्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।
उनलाई १० घण्टापछि प्रहरीले अर्को स्थानमा लगेको हो।
यद्यपि प्रहरीले उनलाई कुन स्थानमा राखिएको भन्ने खुलाएको छैन। प्रहरीले सुरक्षा खतरा भएका कारण उनलाई पक्राउ गरेको बताएको छ। तर के खतरा थियो भन्ने जानकारी दिएको छैन।
यो पनि - मध्यरात पूर्वप्रधानन्यायाधीश राणालाई पक्राउ गरेपछि उब्जिएका ५ प्रश्न