प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा उनीसँगै जाने मन्त्रीहरूको टुंगो लागेको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने पक्का भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
मन्त्रीसँगै प्रधानमन्त्री बालेनको सचिवालयका केही सदस्यहरूको पनि टुंगो लागेको छ।
परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटन मन्त्री खडकराज पौडेल ‘गनेश’ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा समावेश छन्।
यस्तै प्रधानमन्त्रीसँग उनका सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायत पनि जाने तयारी पूरा भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण आगामी नोभेम्बर २३ देखि २५ गते (मंसिर ७ देखि ९ गते) सम्म हुने तयारी भइरहेको छ।