नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल तरूण दलको काठमाडौं जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ।
केन्द्रीय अध्यक्ष दिल लामाले श्रेष्ठलाई काठमाडौं अध्यक्ष मनोनीत गरेका हुन्।
संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ।
पत्रमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरूण एकताको आदर्शलाई आत्मसात् गर्दै आगामी ६ महिनाभित्र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरी संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र व्यवस्थित बनाउन भनिएको छ।