नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन्।
बिहीबारदेखि सहायक रथी श्रेष्ठले कार्यभार सम्हालेका हुन्।
‘मंसिर ३ गतेबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी गराउन चाहन्छु। यहाँहरूबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु,’ उनले भने।
यसअघि प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले सम्हाल्दै आएका थिए। उनले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
अहिले उनलाई प्रधान सेनापति अशोकराज सिग्देलको सचिवालयमा नियुक्त गरिएको छ।