राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाह दुई दिने औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्।
३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।
महामन्त्री आचार्यका अनुसार भ्रमणका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी छ।
भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएका थिए।
उक्त अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको आचार्यले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।