ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएका छन्।
प्रधानमन्त्री बालेन शाह राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्री तोकेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए।
प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा कार्यवाहक तोक्ने व्यवस्था छ।
प्रधानमन्त्री बालेन दिउँसो १:४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जाँदै छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता पछि उनी भोलि साँझ फर्कने कार्यक्रम छ।