भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमणका रूपमा भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन्।
उनले प्रधानमन्त्री बालेनमा दूरदर्शिता देखिएको बताए।
उनले पछिल्लो समय संयुक्त राष्ट्रसंघमा विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दा नै प्रधानमन्त्री बालेनको दूरदर्शिता स्पष्ट देखिएको बताए।
'आज केही घन्टाको कुराकानीमै मैले नेपालको भविष्य र भारत-नेपाल सम्बन्धका उनको क्लिअर भिजन र कमिटमेन्टको महसुस गरेँ,' उनले भने।
यसपालि नेपालका जनताले उनलाई दिएको ऐतिहासिक जनादेशले पनि नेपालका नयाँ पीडिका आशा र भरोसालाई दर्साउने बताए।
'भारत एक सशक्त समृद्ध नेपालको विकास यात्रामा सधैँ सहभागी भएको छ। यही भावनाका साथ हामीले हाम्रो सम्बन्धको नयाँ उचाइमा लैजान धेरै महत्त्वपूर्ण लिएका छौं,' उनले भने।