भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतको विख्यात इण्डियन इन्सटिच्युट अफ टेक्नोलोजी (आइआइटी) को अफशोर क्याम्पस स्थापना गर्ने घोषणा गरेका छन्।
नेपालका प्रभानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलनमार्फत् मोदीले क्याम्पस स्थापनाको घोषणा गरेका हुन्।
भारतमा यस्ता २३ वटा आइआइटी स्थापना गरिएका छन्। भारतमा आइआइटीमा अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न उद्योगमा तत्कालै जागिरको अवसर पाउँछन्।
सन् १९५० मा स्थापना भएको आइआइटीमा भारत सरकारले अन्यको तुलनामा धेरै अनुदान प्रदान गर्ने गरेको छ। आइआइटीबाट भारतमा ठूलो संख्यामा इन्जिनियर उत्पादन भएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपाली विद्यार्थीका लागि भारतमा कानुन र विज्ञान प्रविधीको क्षेत्रमा छात्रवृती बढाउने समेत बताएका छन्।