नेपालको पारवाहन व्यापारका लागि भारतले दुई वटा बन्दरगाह प्रयोग गर्न दिने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई बन्दरगाहमा नेपालको पहुँच दिने घोषणा गरेका हुन्।
दुवैले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उक्त कुरा लेखिएको छ।
भारतले गुजरातस्थितको कान्डलास्थित दिनदयाल र उडिसाको पारादीप बन्दरगाहमा नेपालको पहुँच उपलब्ध गराउने भएको हो।
‘प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दिनदयाल बन्दरगाह (कान्डला, गुजरात) मार्फत नयाँ कनेक्टिभिटी मार्ग घोषणा गर्नुभयो। साथै, आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) को पहुँच पनि उपलब्ध गराइनेछ,’ विज्ञप्तिको बुँदा नम्बर ९ मा भनिएको छ।