भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन्।
यसअघि प्रधानमन्त्री शाहले प्रधानमन्त्री मोदीसँग भेटेका थिए।
शाह आइतबार अपराह्नमा भारत भ्रमणका लागि पुगेका थिए। नयाँ दिल्ली पुगे लगत्तै उनलाई विदेश मन्त्री एस जयशंकरले भेटेका थिए।
प्रधानमन्त्री शाह आजै नेपाल फर्किनेछन्।