भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार मध्याह्न १२ः४५ बजे नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको हो।
देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए। ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए।