काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
बलम्बु-सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुस्थित किसिपिडीमा फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा रहेको आयोजना उपनिर्देशक एवं सिनियर डिभिजन इन्जिनियर सन्जय पन्थीले जानकारी दिए।
फ्लाइओभरमा कालोपत्रे काम भइसकेको छ। अहिले रेलिङमा ढलान गर्न र फर्माहरू निकाल्न बाँकी रहेको पन्थीले बताए।
फ्लाइओभर र सुरूङमार्गको ठेक्का हाज्मा एन्डो कम्पनीले पाएको छ। उक्त कम्पनीले कात्तिक सम्म निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ।
राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिएको हो।
यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ।
फ्लाइओभर हुँदै दुई हजार ६६७ मिटर लम्बाइको बलम्बु-सिस्नेखोला सुरूङमा पुग्न सकिन्छ।
फ्लाइओभर सुरूङमार्गलाई लक्षित गरी बनाइएको हुँदा सुरूङको निर्माण गर्नुपर्ने काम सम्पन्न गर्नुपर्ने हुन्छ।
सुरूङमार्गमा पनि ८/९ प्रतिशत काम सक्न बाँकी रहेको सिनियर डिभिजन इन्जिनियर पन्थीले बताए।
‘सञ्चालनका लागि काम सकेर स्वीकृति पाइसकेपछि मात्रै हुने हो। अहिले फ्लाइओभरको काम लगभग सकिएको भए पनि सुरूङ मार्गको सकेपछि मात्रै आयोजनाको काम सकिन्छ,’ उनले भने।
सुरूङमार्गमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने काम, आपतकालीन उद्धारमार्गमा ४/५ सय मिटर ढलान गर्न बाँकी छ। केही समयअघि बिजुली नजोडिएकाले परीक्षणका केही कामहरू पनि रोकिएका थिए।
बिजुली जोडिएको र अब परीक्षण मात्रै गर्न बाँकी रहेको पन्थीले बताए।
तस्बिरहरू:
-1748253603.jpg)
-1748253598.jpg)
-1748253598.jpg)
-1748253597.jpg)
-1748253594.jpg)
-1748253595.jpg)
-1748253595.jpg)
-1748253597.jpg)
-1748253594.jpg)
-1748253592.jpg)
-1748253592.jpg)
-1748253591.jpg)
-1748253591.jpg)
-1748253590.jpg)
-1748253590.jpg)
-1748253589.jpg)
-1748253589.jpg)
-1748253589.jpg)
-1748253589.jpg)