कास्कीको मर्दी खोला ड्याम क्षेत्रमा पौडी खेल्न पुगेका दुई जना बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-२५ हेम्जास्थित मर्दी खोलाको ड्याम क्षेत्रबाट बिहीबार दिउँसो २ बजे दुई जना बालकको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरको टोलीले शव निकालेको हो।
माछापुच्छ्रे गाउँपालिका-६ बस्ने १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको मृत्यु भएको हो। उनीहरू पौडी खेल्ने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर बेपत्ता भएका थिए।
गोताखोरको टोलीले करिब २० फिट गहिराइबाट निकालेको हो।