लुम्बिनी प्रदेश सरकारले १८ औँ गणतन्त्र दिवस मनाएको छ।
बिहीबार प्रदेश राजधानी दाङको देउखुरीमा विभिन्न जातजातिका कला संस्कृति झल्कने झाँकी जुलुस निकालिएको थियो।
आयोजित प्रभातफेरिमा मुख्यमन्त्रीदेखि, पूर्वमुख्यमन्त्रीहरू, प्रदेश सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू र सर्वसाधारणको सहभागिता थियो।
झाँकीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि रहेको बताए।
गणतन्त्रको संस्थागत विकासका लागि समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरे।
गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध भन्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको दाबी गरे।
संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गणतन्त्र जनताको शासन प्रणाली भएको भन्दै त्यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिए।
राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यावहारिक कार्यान्वयन अपरिहार्य रहेको धारणा राखे।
पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको भन्दै यसको लक्ष्य विकास भएको बताए।
उनले प्रदेशमा अधिकार हस्तान्तरण गर्न संघीय सरकारको प्रतिबद्धता आवश्यक रहेको बताए।
उनले भने, ‘संघीय सरकार मुठ्ठी कसेर बस्नु हुँदैन। अधिकार दिन मुठ्ठी फुकाउनु जरूरी छ।’
विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताए।
उनले अधिकार मात्र नभई कर्तव्यको अभ्याससमेत आवश्यक रहेको बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले गणतन्त्रको जग मजबुत बनाउन सबै भन्दा बढी जागरूक जनता हुनुपर्ने बताएका थिए।
-1748515687.jpg)
-1748515687.jpg)
-1748515684.jpg)
-1748515684.jpg)
-1748515680.jpg)
-1748515683.jpg)
-1748515683.jpg)
-1748515679.jpg)
-1748515679.jpg)
-1748515675.jpg)
-1748515675.jpg)
-1748515672.jpg)
-1748515673.jpg)
-1748515674.jpg)
-1748515674.jpg)
-1748515672.jpg)
-1748515672.jpg)
-1748515671.jpg)
;
सबै तस्बिर: नारायण खड्का/सेतोपाटी