कैलालीमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या भएको छ।
जानकी गाउँपालिका-९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या भएको हो।
मंगलबार बिहान उनको घरमा हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
उनका अनुसार शाहीको छाती र घाँटीमा धारिलो हतियार प्रहार भएको छ। उनी एक्लै बस्दै आएकी रहेछिन्।
'घटनाको अनुसन्धानका लागि कुकुर परिचालन गरिएको छ। अहिलेसम्म केही तथ्य फेला परेको छैन,' डिएसपी सिंहले भने, 'हामी अनुसन्धान गरिरहेका छौं।'
उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा पठाइएको उनले बताए।