नेपाली सेनाका उपरथी रविन्द्र खत्रीले दर्ज्यानी चिह्न पाएका छन्।
शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
खत्री असार १३ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए।
उनलाई पदोन्नतिसँगै उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त गरेको छ।