काठमाडौंको चन्द्रागिरिबाट राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) पक्राउ परेका छन्।
आइतबार उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
'विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो,' उनले सेतोपाटीसँग भने।
गोर्खालीलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको पनि उनले बताए।
'केही समय अगाडिको मुद्दा हो, त्यसमा अनुसन्धानका लागि पक्राउ गरिएको हो,' एसपी बोहराले भने।
उनीमाथि अनुसन्धान भइरहेको उनले बताए।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका थिए यद्यपि उनले टिकट पाएनन्।
यसअघि काठमाडौं प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले विशेष अपरेशन चलाएर चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको थियो।
तीमध्ये १९ जनामाथि अहिले मुद्दा चलाइएको छ।