बाँकेमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्ष पछि पक्राउ परेका छन्।
बाँकेकै ६३ वर्षीय आशाराम थारु पक्राउ परेका छन्।
थारु माथि २०६३ असार ३० गते स्थानीय गणेश वादीलाई राति १० बजेतिर विभत्स हत्या गरेको आरोप थियो। वादीको हत्या पछि थारू फरार भएका थिए।
जिल्ला अदालत बाँकेले २०६८ पुस २१ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
फरार अभियुक्तको खोजी गर्ने क्रममा थारुलाई आइबार पक्राउ गरी अदालतमा पेश गरेको थियो।
अदालतको आदेशले थारुलाई तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए।