मोरङमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार एक जना भारतीय नागरिकलाई २०० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको स्रोतले बतायो।
पक्राउ पर्नेमा भारतको दिल्ली बस्ने ४३ वर्षीय सगिर भन्ने व्यक्ति छन्।
विशेष सूचनाको आधारमा ब्युरोबाट वरिष्ठ सई बालकृष्ण सन्जेलको कमाण्डमा टोली खटिएको थियो। उक्त टोलीले विराटनगर महानगरपालिका-१५ रानीबाट सगिरलाई पक्राउ गरेको हो।
सगिरले स्पिकरभित्र उक्त ब्राउन सुगर लुकाएर ल्याउँदै थिए।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अफिम, कोकाबाट बनेका लागुऔषध एक सय ग्राम भन्दा बढी कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म र ५ लाख देखि २५ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ।