रूकुम पूर्वमा ओडारमा लुकाएर राखेका चार नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– १३ को रानीवनको ओडारमा लुकाएर राखेको अवस्थामा चार नाल भरूवा बन्दुक बरामद भएका हुन्।
इलाका प्रहरी कार्यालय तकसेराबाट गस्तीमा गएको प्रहरीले टोलीले ती भरूवा बन्दुक फेला पारेको थियो।