काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।
गृह मन्त्रालयले बुधबार सहसचिव छविलाल रिजाललाई काठमाडौंको सिडिओ बनाएको हो।
काठमाडौंमा सिडिओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा सरूवा गरिएको छ।
मन्त्रालयले सहसचिव रहने जिल्लाहरू दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, बारा, भक्तपुरका सिडिओ पनि परिवर्तन गरेको छ।
पर्सा, दाङ, सिरहा, ललितपुर र धादिङमा पनि सिडिओ हेरफेर भएका छन्।
गृहले २४ जना उपसचिवको पनि सरूवा गरेको छ।
उपसचिव रहने १२ वटा जिल्लाका सिडिओहरू गृहले परिवर्तन गरेको हो।




