सिन्धुपाल्चोकमा हिँडेर मामाघर जाँदै गरेका दिदीबहिनी पहिरोमा परेर बेपत्ता भएका छन्।
बुधबार बलेफी गाउँपालिका-१ जलवीरेस्थित बलेफी ढाडेको भित्री सडकखण्डमा हिँडिरहेको बेलामा पहिरोमा परेर दिदीबहिनी बेपत्ता भएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भएकी १७ वर्षीया फूलमाया लामा र उनको बहिनी ५ वर्षीया मनमाया लामा बेपत्ता भएको हुन्।
उनीहरू दिदीबहिनी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेलले जानकारी दिए।
उनका अनुसार उनीहरू जुगल गाउँपालिका-२ गल्छेस्थित मामाघरमा पैदल जाँदै गरेको अवस्थामा सडकमाथि भिरबाट लेदोसहित पहिरो आई बेपत्ता भएका छन्।
'सडकभन्दा तल ब्रह्यायणी नदी बगिरहेको छ,' डिएसपी खरेलले भने, 'खोज्ने काम भइरहेको छ।'