नेपाली सेनाको पृतनापति सम्मेलन जारी छ।
बिहीबार सैनिक मुख्यालय जंगी अड्डाले पृतनापति सम्मेलन राखेको हो। प्रधान सेनापति अशोकराज सिग्देलले पृतनापतिहरूसँग छलफल गर्नेछन्।
सैनिक प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार पृतनापति सम्मेलन हरेक वर्ष दुई पटक बस्छ। नेपाली सेना दिवसमा एक पटक र भदौ-असोजमा एक पटक बस्ने गरिएको छ।
सम्मेलन नियमित भए पनि यसपटक भने भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे पनि छलफल हुनेछ।
नेपाली सेनामा आठ जना पृतनापति छन्।
सुदूरपश्चिम पृतनाका किरण केसी, उत्तर पश्चिम पृतनाका दीपेशजंग शाह, मध्य पश्चि पृतनाका प्रेम पुन, पश्चिम पृतनाका मधुकर सिंह कार्की, मध्यपूर्वी पृतनाका कृष्णबहादुर जिसी, मध्य पृतनाका हरेन्द्र पाठक, उपत्यका पृतनाका रविन्द्र कार्की र पूर्वी पृतनाका गौरवकुमार केसी सहभागी छन्।
उनीहरूले सुरक्षा विश्लेषण गरी ब्रिफिङ समेत गर्दैछन्।
पछिल्लो समयको घटनाक्रमपछि नेपाली सेनाले संयमता अपनाउनुपर्ने विश्लेषण गर्दै आएको छ। भदौ २४ गते राति नेपाली सेना परिचालन भएको थियो। सेनाले कर्फ्यू समेत जारी गरी स्थिति नियन्त्रणमा लिएको थियो।