केन्द्रीय कारागारबाट भागेका २० जना कैदी भक्तपुरबाट पक्राउ परेका छन्।
भदौ २४ गते भएको प्रदर्शनपछि आन्दोलनको क्रममा भागेका २० जनालाई भक्तपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
उनका अनुसार १९ जना पुरूष र एक जना महिला छन्।
उनीहरूलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवमा बुझाइएको छ।
भदौ २४ गते देशभरिका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५४९ जना कारागारबाट भागेका थिए।
त्यसमध्ये बुधबारसम्म ७ हजार ७३५ जना कैदीबन्दी फिर्ता भएका छन्।
अझै ६ हजार ८१३ जना कैदीबन्दी फिर्ता हुन बाँकी छन्।
भाग्न खोज्दा सेनाको गोली लागेर १० जनाको मृत्यु समेत भएको थियो।