पर्सामा गोली चलेको छ।
आइतबार बेलुकी सवा ७ बजे पर्साको छिपरमाइ गाउँपालिका-५ भिस्वामा दुई समूहबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
भिस्वास्थित गाउँपालिका कार्यालय भवनको पछाडिपट्टिको सडकमा दुई समूहबीच झडपका क्रममा चलेको गोली लागेर एक किशोर घाइते भएका छन्।
घाइते हुनेमा भिस्वाकै १६ वर्षीय गोलु आलम धुनिया छन्। उनको तिघ्रामा गोली लागेको छ।
धुनियालाई उपचारका लागि बिहीबार बेलुकी नै वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो।
अहिले उनको स्वास्थ्यावस्था सामान्य रहेको एसपी पाठकले जानकारी दिए।
झडपमा संलग्नहरूमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
गोली चलाउने व्यक्तिको पनि खोजी भइरहेको एसपी पाठकले जानकारी दिए।