देशका २८ वटा कारागार र नौ वटा सुधार गृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्।
फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधार गृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफै आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो।
उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन्।
फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए।
यसबीच १० कैदीबन्दीको भने मृत्यु भएको छ।
कुल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन्।