कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका– १२ का १९ वर्षीय गणेश कुँवर र सोही ठाउँका १८ वर्षीय अनिस सिंहको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहका अनुसार दुबै जनाको उपचारका क्रममा गए राति नै मृत्यु भएको हो।
कैलाली उपमहानगरपालिका – ७ स्थित सडक खण्डमा रोकिराखेको सु.प्र.०१–००१ क १६५३ नम्बरको ट्रकमा सु. ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएको थियो ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।