फूलपाती बढाइँका अवसरमा नेपाली सेनाले शुक्रबार अन्तिम अभ्यास सम्पन्न गरेको छ।
काठमाडौंको सैनिक मञ्चमा आयोजित अभ्यासमा विभिन्न डिभिजन, ब्रिगेड र ब्यारेकका सेनाका टोलीले तालमेल प्रदर्शन गरेका थिए। तोप सलामी, मार्च पास, सांगीतिक प्रदर्शन लगायतका कार्यक्रमको पूर्वाभ्यास गरिएको सेनाले जनाएको छ।
अभ्यासमा नेपाली सेनाका पदाधिकारी, जवान र सैन्य संगीत टोलीको सक्रिय सहभागिता रहेको थियो।
सेनाले दसैंको मुख्य दिन फूलपाती बढाइँ समारोहमा राष्ट्रपतिसमक्ष विशेष सलामी अर्पण गर्ने परम्परा अनुसार तयारी गरेको हो।
सेनाले असोज १३ गते फूलपातीका दिन कार्यक्रम गर्नेछ।
तस्बिरहरू:
-1758885295.jpg)
-1758885294.jpg)
-1758885294.jpg)
-1758885293.jpg)
-1758885293.jpg)
-1758885292.jpg)
-1758885292.jpg)
-1758885291.jpg)
-1758885291.jpg)
-1758885289.jpg)
-1758885290.jpg)
-1758885290.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी