धनुषामा रोटेपिङ भाचिएपछि फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
शुक्रबार साँझ ७ बजे धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ स्थित राजदेवी मन्द्रिर प्रांगणमा मेला चलिरहँदा रोटे पिङ भाँचिएको थियो।
नेपाली सेनाका अनुसार पिङ चल्दा चल्दै भाँचिएपछि ५६ जना पिङमै अड्किएका थिए।
अरू सुरक्षा निकायको पनि सहयोगमा उनीहरूलाई पिङ बाहिर निकालिएको सेनाले जनाएको छ।