कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्छ।
हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर छ।
सत्तीघाट पुलमा १४ पिलर छन्।
झण्डै एक दशकअघि ४६ करोड रुपैयामा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौ नागरिकको आवागमनमा सहजता आएको छ।
तर पछिल्ला केही बर्षयता नदीले पूर्वी क्षेत्रमा तीब्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ।
कटान कम गर्न ठुला ढुंगाबाट तटबन्ध गरिए पनि जोखिम हट्न सकेको छैन।
स्थानीयका अनुसार पुल निर्माण भएको एक बर्षपछि नै तारजाली भासिन सुरु भएको थियो।
पुल निर्माणका क्रममा बनाएको डाइभर्सनसँगै नदीले धार परिवर्तन गर्न थालेको जानकारहरु बताउँछन्।
स्थानीले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु सफा गर्नु पर्ने बताउँदै आएका छन्।
'नदीमा पानीको बहाव बढ्नासाथ पुल बगाउने हो कि भन्ने चिन्ता छ,' राजापुरका स्थानीय व्यापारी कमल पाण्डे बताउँछन्।
तस्बिरहरूः
-ink-1758950902.jpeg)
-ink-1758950901.jpeg)
-ink-1758950901.jpeg)
-ink-1758950901.jpeg)
-ink-1758950900.jpeg)
-ink-1758950900.jpeg)
-ink-1758950899.jpeg)
-ink-1758950899.jpeg)
-ink-1758950897.jpeg)
-ink-1758950897.jpeg)
सबै तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।