सल्यानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान ४ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा लु २ ख ६५०२ यात्रुवाहक गाडी सडकबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर रेशम खत्रीका अनुसार गाडी सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको हो।
मृत्यु हुनेमा २ पुरूष र एक महिला छन्। उनीहरुको पहिचान खुलेको छैन।
दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूमा रूकुम पश्चिम बाफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया डिना केसी छन्। उनीहरूलाई उपचारका लागि तुलसीपुर स्थित राप्ति प्रादेशिक अस्पताल पठाइएको इन्स्पेक्टर खत्रीले जानकारी दिए।
गाडीमा चालकसहित ५ जना सवार रहेको भनिएको छ। यद्यपि अरू पनि सवार हुन सक्ने आकलनमा खोजी भइरहेको प्रहरीले जनाएको छ।