काठमाडौंको एक गेष्ट हाउसमा एक जना युवक मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-११ सुन्धरास्थित एक गेष्ट हाउसमा एक युवक शनिबार मृत भेटिएका हुन्।
झापा गौरादह नगरपालिका-१ घर भएका ३१ वर्षीय युवराज चौहान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।
'घटनास्थलमा हेर्दा त्यस्तो शंकास्पद देखिएको छैन। पोष्टमर्टमपछि मृत्युको कारण खुल्नेछ,' उनले भनिन्।
यस घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।