बारामा सशस्त्र प्रहरीले १६ लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा र पटका बरामद गरेको छ।
आदर्शकोतवाल गाउँपालिका- १ बोहा जमुनियास्थित सडकबाट सशस्त्र प्रहरीले कपडा र पटका बरामद गरेको हो।
सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट खटिएको टोलीले अवैध कपडा र पटका बरामद गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गण हेर्डक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।
'कोतवालीबाट लगां चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०२५ च ६१७६ नम्बरको पिकअप गाडीमा बिल नभएको कपडा र प्रतिबन्धित पटका ल्याइएको थियो,' उनले भने।
उनका अनुसार बरामद गरिएको लेडिज रेडिमेड कपडा १५ लाख ८५ हजार ५ सय रुपैयाँ र ६० बन्डल नागिन पटका ५० हजार रूपैयाँ बराबरको छ।
बरामद कपडा र गाडी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ। पटका नष्ट गरिने सशस्त्र प्रहरी उपरीक्षक केसीले बताए।