जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटी हाजिर भएका छन्।
आइतबार दिउँसो ३ बजेतिर उनी परिसरमा हाजिर भएका हुन्।
यसअघि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा थिए।
परिसरमा रहेका एसएसपी श्यामकृष्ण अधिकारीको प्रहरी प्रधान कार्यालय नक्सालमा सरूवा भएको छ।
सिआइबीमा एसएसपी शिव श्रेष्ठको सरूवा गरिएको छ।