दसैंमा मनसुनी वायु सक्रिय देखिएको छ। काठमाडौं उपत्यकामा आतइतबार राति हल्कादेखि मध्यम वर्षा भएको थियो। देशमका कतिपय स्थानमा भारी वर्षासमेत भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूकुमपश्चिमको बाफीकोटमा पछिल्लो १२ घन्टामा १४६.४ मिलिमिट वर्षा भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा ८३.४, कास्कीको लामापाटनमा ६० मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।