काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिजुहरि भट्टराई मृत फेला परेका छन्।
बिहीबार दिउँसो करिब १ बजेतिर कोटेश्वरको बागमती नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार ५२ वर्षीय भट्टराई महादेवस्थान क्षेत्रमा बस्छन्। उनी पञ्चशील सहकारीका अधिकृत र समाजसेवी समेत हुन्।
बुधबारदेखि सम्पर्कविहीन भएका उनी बागमती नदी किनारमा फेला परेका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको लडेर मृत्यु भएको हुनसक्छ।
‘उहाँको लडेर मृत्यु भएको हुनसक्ने देखिएको छ। टाउकोमा चोट देखिएको छ। हामीले यस घटनाको अनुसन्धान गरिरहेकै छौं,’ उनले भने।