वर्दी लगाएको भिडिओ सामाजिक सञ्जालमा राख्ने २१२ जना सशस्त्र प्रहरी कर्मचारी कारबाहीमा परेका छन्।
सशस्त्र प्रहरी बल नेपालले २०८० देखि अहिलेसम्म सामाजिक सञ्जाल टिकटक, फेसबुक लगायत प्रयोग गरी भिडिओ/फोटो राखेको भन्दै कारबाही गर्दै आएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआइजी मनिष थापाका अनुसार उनीहरूलाई विभागीय कारबाही गरिएको छ।
प्रहरी वर्दीको दुरूपयोग गरी त्यसरी भिडिओहरू बनाउनेलाई सशस्त्र प्रहरीले कारबाही गर्दै आएको छ।
तीन दिनअघि मात्रै १३ जनालाई टिकटकमा फोटो/भिडिओ राखेकोमा कारबाही गर्न लिखित आदेश भएको थियो।