जेनजी प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घन्टा बयान दिएका छन्।
बुधबार आयोग पुगेर यादवले बयान दिएका हुन्।
आयोगले बुधबार बयानको लागि बोलाएपछि बयान दिएर आएको यादवले जानकारी दिए।
'११ बजेदेखि लगभग २ बजेसम्म लिखित र मौखिक बयान लिनुभयो,' यादवले भने।
भदौ २३/२४ गतेको घटनाबारे आयोगले छानबिन गरिरहेको छ। सोमबार आयोगले मेयर बालेन शाहलाई बोलाएर बयान लिएको थियो।
यादव अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरिसकेका छन्।
उनलाई रास्वपाले प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समावेश गरेको हो।