ठमेलमा एक जनाको हत्यापछि फरार कैदी रोल्पाबाट पक्राउ परेका छन्।
२२ वर्षीय आकाश मगर रोल्पाको धाङ्सीबाट पुस ७ गते दिउँसो पक्राउ परेका थिए। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार पक्राउपछि मगरलाई सोही दिन नै काठमाडौंका लागि पठाइएको थियो।
लुटपाट तथा डकैती मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा सजाय भुक्तान गरिरहेको समयमा मगर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेल तोडफोड गरी भागेका थिए।
जसले फेरि असोज १३ गते मकवानपुरका एक युवकको खुकुरी प्रहार गरी हत्या गरेका थिए।
पछिल्लो समय रोल्पाबाट पक्राउ परेका मगर दाङको लमहीका बासिन्दा भएको भन्ने गरिए पनि उनको घरको ठेगाना यकिन भइनसकेको रोल्पा प्रहरीले बताएको छ।