दाङ प्रहरीले नौ दिनको अवधिमा बालुवा गिट्टी चोर्ने २१ सवारी साधन नियन्त्रणपछि कारबाही गरी छोडेको छ।
पुस १ गतेदेखि पुस ९ गतेसम्म जिल्लास्थित खोला तथा नदीबाट बालुवा, गिट्टी तथा ढुंगा चोरी निकासी तथा पैठारी कार्यमा संलग्न १९ ट्र्याक्टर र २ टिपर नियन्त्रणपछि आर्थिक जरिवना गरी छोडिएको छ।
१९ ट्र्याक्टरलाई कारबाहीस्वरूप आर्थिक जरिवाना गराउँदा तीन लाख ९३ हजार दुई सय ३६ रुपैयाँ र दुई वटा टिपरलाई कारबाही गर्दा एक लाख रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
२१ सवारी साधनहरूमाथि कारबाही गर्दा चार लाख ९३ हजार दुई सय २६ रुपैयाँ राजश्व थपिएको शाहले बताएका छन्।