पूर्वी नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
आइतबार साँझ ६ बजे कावासोती नगरपालिका-१४ थारू डण्डास्थित भित्री सडकमा डण्डाबाट ढोकीतर्फ जाँदै गरेको प्र.न.३-०३-००१ प ४५०३ नम्बरको मोटरसाइकलको ठक्करबाट कावासोती-१७ बगनौलीकी ७ वर्षीया शोभा महतोको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी बालिकालाई आइतबार नै उपचारका लागि मध्यविन्दु अस्पताल डणंडा पुर्याइएको थियो।
त्यहाँबाट नयाँ मेडिकल कलेज भरतपुर रेफर गरिएकोमा सोमबार बिहान साढे २ बजे उपचार क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालक कावासोती-१७ बगनौलीकै २० वर्षीय अनिस महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।