दाङको तुलसीपुरमा विस्फोट भएको छ।
मंगलबार बिहान ६ बजे तुलसीपुर उपमहानगरपालिका-८ स्थित टिकरी जाने बाटोमा सिलिण्डर बम विस्फोट भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अटो भिलेज नजिकैको सडकमा सिलिण्डर बम विस्फोट भएको हो।
विस्फोटबाट मानवीय र भौतिक क्षति नभएको पनि प्रहरीले जनाएको छ।
विस्फोटपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
विस्फोट धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीका कार्यकर्ताले गराएको हुन सक्ने प्रहरीले जनाएको छ।
उक्त पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।